गजल

गजल

धेरै दिनभो भन्छिन चुलो बलेको छैन रे
पहिरो गयो खेतमा केही फलेका छैन रे

भोकै छन रे साना चल्ला बाबा आमा सबै जाना
रुदै भन्थिन वाच्ने आशा गलेको छैन रे

अस्ति एउटा भोकै म¥यो हिजो आज भोली पनि
अनगिन्ति धड्कन त्याहा चलेको छैन रे

भगवान नि निस्ठुरी भो गरिबलाई नै छलदो रैछ
रुदै भन्छिन अझैपनि छलेको छैन रे
Share on Google Plus

About prashant uprety

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment